Coming Soon.............
Showing posts with label राष्ट्रिय समाचार. Show all posts
Showing posts with label राष्ट्रिय समाचार. Show all posts
Thursday, March 3, 2016
राष्ट्रिय समाचार

नेपाली कांग्रेसको विहीबारबाट सुरु भएको १३औं महाधिवेशनमा विभिन्न देशका विभिन्न पार्टीबाट आएका प्रतिनिधिले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
महाधिवेशनको सफलताको शुभकामना दिन आएका भारतीय नेताले भारतले केही समयअघि नेपालमाथि गरेको अघोषित नकाबन्दीको विरोध गरेका छन् ।
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता जोगेन्द्र शर्माले भारतले गरेको आर्थिक नाकाबन्दीको कारण नेपाली जनता कठिनाइ र यातानाबाट गुज्रिनुपरेको दुखेसो पोखे ।
उनले भारतले नेपालमा धार्मिक अतिवाद लाद्न खोजेको आरोप लगाउँदै नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको दुःखमा भारतीय जनता साथमा रहेको टिप्पणी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष विजयप्रतापले ‘भारतले केही समयअघि नेपालमा गरेको नाकाबन्दीका लागि आफू दुखित भएको’ बताउँदै ‘नेपाली जनतासँग क्षमा माग्छु’–भने ।
उनले भारतमा समाजवादी आन्दोलनलाई बलियो बनाउन नसकेकै कारण नेपालले भारतीय थिचोमिचो सहनुपरेको धारणा राखे ।
भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले नेपालको नयाँ संविधान प्रगतिशील भएको भन्दै त्यसको स्वागत गरे । रासस
Category :
राष्ट्रिय समाचार
Subscribe to:
Comments (Atom)