० चैत, काठमाडौं । इन्डोनेसियाले नेपाली पर्यटकलाई निशुल्क अनअराइभल भिसा दिने भएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विड्डोले नेपालसहित विभिन्न ७९ देशका पर्याटकको भिसा शुल्क नदिने घोषणा गरे ।
यसअघि झण्डै ३९ डलर अर्थात ४ हजार रुपैयाँ बराबर भिसा शुलक तिर्दै आएका नेपाली पर्यटकले अब इन्डोनेसिया प्रवेश पाउन कुनै शुल्क तिर्नु नपर्ने स्थानीय अध्यागमन विभागले जनाएको छ ।
३० दिनसम्मको भिसाका लागि यस्तो सुविधा घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तो सुविधा नेपालसहित अन्य १ सय ६९ देशका पर्यटकले उपयोग गर्न सक्नेछन् । यो व्यवस्था अन्तर्राष्ट्रिय बमिानस्थलस्थित अध्यागमनबाट लिन सकिने समाचारमा उल्लेख छ ।
इन्डोनेसियको बाली शहर पर्यटकको आकर्षणको कैन्द्र बन्दै गर्दा यस्तो घोषणा भएको हो । नेपालसहित अष्ट्रेलिया, युक्रेन, अल्बानिया, बंगलादेश, पाराग्वे, सामाओ, श्रीलंका र जिम्मावेका पर्यटकले पनि यो सुविधा पाउनेछन् । यसअघि यी देशका पर्यटकले सशुल्क भिसा पाउने गरेका थिए ।
