Wednesday, March 23, 2016

इन्डोनेसियाले नेपालीलाई निशुल्क ‘अनअराइभल भिसा’ दिने

Written by  
० चैत, काठमाडौं । इन्डोनेसियाले नेपाली पर्यटकलाई निशुल्क अनअराइभल भिसा दिने भएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विड्डोले नेपालसहित विभिन्न ७९ देशका पर्याटकको भिसा शुल्क नदिने घोषणा गरे ।
यसअघि झण्डै ३९ डलर अर्थात ४ हजार रुपैयाँ बराबर भिसा शुलक तिर्दै आएका नेपाली पर्यटकले अब इन्डोनेसिया प्रवेश पाउन कुनै शुल्क तिर्नु नपर्ने स्थानीय अध्यागमन विभागले जनाएको छ ।
३० दिनसम्मको भिसाका लागि यस्तो सुविधा घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तो सुविधा नेपालसहित अन्य १ सय ६९ देशका पर्यटकले उपयोग गर्न सक्नेछन् । यो व्यवस्था अन्तर्राष्ट्रिय बमिानस्थलस्थित अध्यागमनबाट लिन सकिने समाचारमा उल्लेख छ ।
इन्डोनेसियको बाली शहर पर्यटकको आकर्षणको कैन्द्र बन्दै गर्दा यस्तो घोषणा भएको हो ।  नेपालसहित अष्ट्रेलिया, युक्रेन, अल्बानिया, बंगलादेश, पाराग्वे, सामाओ, श्रीलंका र जिम्मावेका पर्यटकले पनि यो सुविधा पाउनेछन् । यसअघि यी देशका पर्यटकले सशुल्क  भिसा पाउने गरेका थिए ।

Thursday, March 3, 2016

राष्ट्रिय समाचार

Written by  
Coming Soon.............

राष्ट्रिय समाचार

Written by  
                 नेपाली कांग्रेसको विहीबारबाट सुरु भएको १३औं महाधिवेशनमा विभिन्न देशका विभिन्न पार्टीबाट आएका प्रतिनिधिले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् । महाधिवेशनको सफलताको शुभकामना दिन आएका भारतीय नेताले भारतले केही समयअघि नेपालमाथि गरेको अघोषित नकाबन्दीको विरोध गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता जोगेन्द्र शर्माले भारतले गरेको आर्थिक नाकाबन्दीको कारण नेपाली जनता कठिनाइ र यातानाबाट गुज्रिनुपरेको दुखेसो पोखे । उनले भारतले नेपालमा धार्मिक अतिवाद लाद्न खोजेको आरोप लगाउँदै नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको दुःखमा भारतीय जनता साथमा रहेको टिप्पणी गरे । लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष विजयप्रतापले ‘भारतले केही समयअघि नेपालमा गरेको नाकाबन्दीका लागि आफू दुखित भएको’ बताउँदै ‘नेपाली जनतासँग क्षमा माग्छु’–भने । उनले भारतमा समाजवादी आन्दोलनलाई बलियो बनाउन नसकेकै कारण नेपालले भारतीय थिचोमिचो सहनुपरेको धारणा राखे । भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले नेपालको नयाँ संविधान प्रगतिशील भएको भन्दै त्यसको स्वागत गरे । रासस